अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
Columbia University Us Mcvrtowe6j

May 8, 2025, Jyotishsanchar press

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानले जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीको हुलदङ्गाका कारण विश्वविद्यालयका दुई जना सुरक्षा अधिकारी घाइते भएका छन् । प्रहरीले घटना संलग्न भएका ७० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यसैबीच अध्यक्ष शिपम्यानका अनुसार धेरैजसाे प्रदर्शनकारीहरू विश्वविद्यालयका विद्यार्थी नभई बाहिरबाट आएका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको