
May 10, 2025, Jyotishsanchar press
भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ।
भारतीय सेनाको एडिसनल डाइरेक्टरेट जनरल अफ पब्लिक इन्फर्मेसनले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियार प्रयोग गरेर आक्रमण भइरहेको बताएको छ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएका छन्। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ।’
‘भारतको सार्वभौमसत्ता उल्लंघन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।’
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।
त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस‘ थालिएको बताएको छ।
यसैबीच जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

