युद्ध घोषणा नगरी भारत–पाकिस्तान युद्धमा : विश्लेषक
Modi Sharif Shfu8lrdb9

May 10, 2025, Jyotishsanchar press

दक्षिण एसिया विश्लेषक माइकल कुगलम्यानले भारत र पाकिस्तान युद्ध घोषणा नगरी युद्धमा गएको बताएका छन्।

‘उनीहरूले औपचारिक रुपमा युद्ध घोषणा गरेका छैनन् तर व्यावहारिक रुपमा युद्धमा छन्,’ कुगलम्यानको भनाइ अल जजिराले उधृत गरेको छ, ‘शत्रुता बढिरहेको छ र हामी देख्छौँ, भारतको शृंखलाबद्ध आक्रमणपछि पाकिस्तानले तुरुन्त जवाफ दियो अनि लडाइँ जारी छ।’

दुई देशका वायु सेना आमनेसामने लडिरहेको उनको विश्लेषण छ। 

‘१९९९ पछि पहिलोपटक दुई आणविक शक्तिहरू भारत र पाकिस्तान लडाइँमा छन्,’ उनको भनाइ छ।

सामाजिक सञ्जालका कारण दुष्प्रचार पहिलेभन्दा निकै ज्यादा भएको उनको बुझाइ छ। त्यसैले के भइरहेको छ र के छैन भन्ने खुट्याउन निकै मुस्किल रहेको उनले बताएका छन्। 

कुगलम्यान

तर, दुई मुलुकले एकअर्काको सैन्य इलाकामा आक्रमण गरेकोमा कुनै द्विविधा नरहेको कुगलम्यानले बताएका छन्। एजेन्सी

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको