विश्व वातावरण दिवसमा चेतनामुलक चित्रकला प्रदर्शनी

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

“बिटिंग द प्लास्टिक“ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्चमक चित्रहरु राखिएको छ । वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरु केन्द्रित छन् । विश्व तापमान वृद्धि हुँदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्रमार्फत देखाइएको छ ।

एकेडेमीकी प्रशिक्षक विपना महर्जनले प्रदर्शनीमा रहेका चित्रहरुले दर्शकलाई प्लाष्टिकजन्य फोहोरको प्रयोग बढ्दै जाँदा वातावरण र मानव स्वास्थ्यमा पर्ने असर देखाएर दिगो व्यवस्थापन र रचनात्मक भुमिका निर्माणमा उत्प्रेरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनीको मुख्य आकर्षक बनेको थियो हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याकसहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको थियो ।

1749102181 El6l7

June 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको