जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्दको कुनै सम्झौता नभएको’ बताएका छन् । यद्यपि, उनले ‘यदि इजरायलले आफ्नो अवैध आक्रमण रोक्यो भने तेहरानको त्यसपछि आफ्नो प्रतिक्रिया जारी राख्ने कुनै आशय नभएको’ पनि प्रस्ट पारेका छन् ।
गत १३ जुनमा इजरायलले आणविक र सैन्य स्थललक्षित इरानविरुद्ध आश्चर्यजनक ‘पूर्वनियोजित’ आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अन्त्यका लागि इजरायलबाट तत्काल कुनै पुष्टि आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षण मिसाइलमार्फत इरान र इजरायलले मंगलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् । मध्यपूर्वी शत्रुबीचको १२ दिने युद्ध ‘आधिकारिक अन्त्य’ हुने अपेक्षा गरिएका बेला पछिल्ला केही घटनाक्रमले केही आशंका जन्माएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशितरूपमा राति पोस्टमा उल्लेख गरेअनुसार ‘युद्धविराम सम्झौताले कट्टर शत्रुलाई चरणबद्धरूपमा गोलाबारी बन्द’ गर्नेछ । ‘इरानले ‘०४०० जीएमटी’देखि सुरु हुने सबै अपरेसन एकतर्फीरूपमा रोक्नेछ, र इजरायलले १२ घण्टापछि यसको पालना गर्ने’ ट्रम्पले जनाएका छन् ।
‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविराम हुने कुरामा पूर्णसहमति भएको छ,’ ट्रम्पले आफ्नो ट्रथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आधिकारिक अन्त्य इजरायल र इरानले आफ्ना चलिरहेका अन्तिम मिसन समाप्त र पूरा गरेपछि आउनेछ ।’ एजेन्सी

June 25, 2025, Jyotishsanchar press

