तेहरानको जेलमा इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु

काठमाडौं । गत हप्ता इरानी राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ ।

जुन २३ मा भएको आक्रमणका पीडितहरूमा जेल कर्मचारी, भर्ती गरिएकाहरू, जेलमा थुनिएका कैदीहरू, भेट्न आएका परिवारका सदस्यहरू र नजिकैका भवनहरूका बासिन्दाहरू समावेश रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै मिजान समाचार एजेन्सीले जनाएको छ । जहाँगीरले जेलमा गरिएको आतंकवादी र क्रूर आक्रमणबाट इजरायलले फेरि एक पटक अन्तर्राष्ट्रिय कानूनप्रति आफ्नो प्रतिवद्धताको कमी प्रमाणित गरेको बताउनु भयो ।

जुन १३ मा, इजरायलले आणविक र सैन्य स्थलहरूसहित इरानका विभिन्न क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू शुरु गरेको थियो । १२ दिनको लडाईंपछि इरान र इजरायलबीच युद्धविराम भएको छ ।सिन्ह्वा

1751252941 Glumi

June 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको