काठमाडाैं । दक्षिण युरोपका इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ।
कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
मौसमविद्हरूले जलवायु परिवर्तनकै असरका कारण यस्ता अत्यधिक गर्मीका लहरहरू बारम्बार देखिन थालेको चेतावनी दिएका छन् । पोर्चुगलमा आइतबार दुई तिहाइ भू–भाग ‘अत्यधिक तापक्रम’ र ‘जङ्गल डढेलोको उच्च जोखिम’ मा परेको घोषणा गरिएको छ ।
राजधानी लिस्बनमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । इटालीका लाजियो, टस्कनी, कालाब्रिया, पुग्लिया र उम्ब्रिया लगायतका क्षेत्रमा दिउँसोको चर्को घाममा बाहिरी काममा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । एजेन्सी

July 1, 2025, Jyotishsanchar press

