एन्फा यु–१६ युथ लिगमा पुलिसको विजयीयात्रा कायमै

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ लिगमा आफ्नो विजयीयात्रा चौथो खेलसम्म जारी राखेको छ ।

सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फरालिको जित निकाल्यो । यससँगै पुलिसले चौथो जित निकाल्दै १२ अंकका साथ जारी लिगको शीर्ष स्थानमा यथावत् छ । पुलिसको जितमा समीर कुमारले ह्याट्रिकसहित चार गोल गरे । प्रसन राईले दुई गोल थपे । पुलिसले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको पहिलो मिनेटमा नै प्रसनको गोलबाट पुलिसले अग्रता लियो । समीरले २८औं र २९औं मिनेटमा लगातार दुई गोल गरे । यससँगै पहिलो ३–० ले अगाडि रह्यो । तीन मिनेटपछि नै प्रसनले पुलिसको चौथो गोल गरे । यससँगै पहिलो हाफमा पुलिसले सहज अग्रता बनायो ।

दोस्रो हाफमा पनि पुलिसले छोटो समयको अन्तरमा लगातार दुई गोल ग¥यो । ६२औं मिनेटमा समीरले गोल गर्दै ह्याट्रिक पूरा गरे । पाँच मिनेटपछि नै उनले व्यक्तिगत चोथो गोल गरेपछि पुलिस ६–० ले अगाडि बढ्यो । तर, त्यसपछि भने चर्च ब्वाइजले केही रक्षात्मक बन्यो र थप गोल बेहोरेन । तर पनि चर्च ब्वाइज जारी लिगमा अर्को फराकिलो हार सामना गर्न बाध्य भयो । चौथो खेलमा चर्च ब्वाइजको यो तेस्रो हार हो । चर्च ब्वाइज तीन अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । जारी लिगमा चर्च ब्वाइजले २२ गोल बेहोरिसकेको छ ।

1752498707 Xsjzd

July 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको