काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताउनुभएको छ ।
काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताउनु भयो । मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको बताउनु भयो । सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने बताउनु भयो । यसले परिणाम राम्रो निस्किने विश्वास व्यक्त गर्नुभयो । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने बताउनु भयो ।
गृहमन्त्री लेखकले सरकारले आयोगलाई गर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

August 12, 2025, Jyotishsanchar press

