चार संसदीय समितिका बैठक आज बस्दै

काठमाडौँ । विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ।

निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

August 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको