नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कुटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले यस्तो माग गर्नुभएको हो । उहाँले नेपाली विद्यार्थी वन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताउनु भयो । भट्टले सरकारले विपिन जोशीको उद्धारलाई बेवास्ता गरेको आरोप पनि लगाउनु भयो । उहाँले जोशीको परिवाले भोगिरहेको पीडा राज्यको लापरवाहीको परिणाम भएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।

August 19, 2025, Jyotishsanchar press

