अदालतलाई प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्ः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको बताउनु भयो । अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्ति समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताउनु भयो । अदालत संविधानको व्याख्याता भएकाले अनुकुल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको बताउनु भयो । आफूले अदालतको हुर्मत लिएको नभइ अनुभव आदानप्रदान गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूहरु पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रमा अघि बढिरहेको बताउनु भयो ।

1717232912 Kp Oli 1200x560 1

August 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको