जनताभन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बतानुभएको छ।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताउनु भयो ।

उहाँले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र सबै निर्वाचन जितेको बताउनु भयो । धेरै राजनीतिक दलका नेताहरु आफूलाई हराउन लागेको भएपनि सफल नभएको उहाँको भनाइ छ।

सभापति देउवाले आफ्नो अब धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह गर्नुभयो ।

Deuba 1

August 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको