काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाउनुभएको छ ।
नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधबार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाउँदै उहाँले रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउनुभएको जानकारी गराउनु भयो । साथै भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गर्नुभएको बताउनु भयो ।
अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको कुरा बुझ्नुभएको बताउनु भयो ।

August 21, 2025, Jyotishsanchar press

