यस्ताे छ बराह जयन्तीको धार्मिक महत्व

पं-बालमुकुन्द देवकोटा

काठमाडाैं । आज २०८२ साल साउन ११ गते आइतबार श्रावण शुक्लपक्ष तृतीया तिथी राति ११ / २२ बजेसम्म त्यस उप्रान्त चतुर्थी तिथि भएको हुनाले यो दिन भगवान बराहजयन्ती भएकोले पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीलाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। हिरण्याक्ष “सुनौलो आँखा” एक अत्याचारी असुर राजा थिए, जसले स्वर्गमा आक्रमण गरे र पृथ्वी धर्तिलाई हरण गरे । पुराणका अनुसार उनी दिती र कश्यपका पुत्र थिए । कश्यप सप्तऋषि मध्येका एक ऋषि थिए । उनी सम्पूर्ण देव, असुर, नाग र मानवहरूको पिता थिए ।

हिरण्याक्षले धर्ती पृथ्वीलाई हरण गरेर रसाताल पातालमा पुर्याए । तब सारा चराचर जगत नै जलमग्न भयो।यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे। पृथ्वीलाई बचाउन भगवान विष्णुले वराह अवतार लिए । वराह तथा हिरण्याक्षका बीच कयौं वर्षसम्म भयंकर युद्ध भयो । अन्ततः वराहका सिङद्वारा हिरण्याक्ष मारियो ।श्रीमद्भागवत् पुराण अनुसार, हिरण्यकश्यपु र हिरण्याक्ष विष्णुका द्वारपाले जय र विजयको पुनर्जन्म थिए जो चार कुमारको श्राप को कारण पृथ्वीमा जन्मेका थिए । सत्य युगमा, हिरण्यकश्यपु र हिरण्याक्ष दितीको गर्भबाट (दक्ष प्रजापतिको छोरी) र कश्यप ऋषिबाट जन्मे । उनी हरूको जन्म अशुभ समयमा भएको हुनाले ( सन्ध्या कालिन समयमा) उनीहरू असुर भएर जन्मे।

पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितिलाई गर्भ रहेको ३ वर्षसम्म पनि बच्चा जन्मिएन।यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रम्हाजी सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछि ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकश्यपु नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले स्वर्ग मर्त्य तिनै लोकमा उप्रदव मचाउन थाले ।

हिरण्याक्ष ठूलो भएपछि महाबली असुर भयो । ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इच्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिँदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफू अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो। हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए। हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गर्‍यो तैपनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो। ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो। यो देखेर सबै देवताहरू र ऋषि कश्यप ब्रम्हाजीसँग सोध्न गए । ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछि ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए । केही दिन पछाडि दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकश्यपु नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले स्वर्ग मर्त्य तिनै लोकमा उपड्रो मचाउन थाले।

हिरण्याक्ष ठूलो भएपछि महाबली असुर भयो। ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इच्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछि मर्नु पर्छ अमरताको बरदान दिन सकिँदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफू अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो। हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए।

हिरण्याक्ष गर्वका साथ तीनै लोक जित्ने विचार गरेर इन्द्र लोक पुगे । हिरण्यक्ष आइपुगेको खबर पाएर देवहरु भयभित भयर भागाभाग गर्न थाले । राजा इन्द्र नै भागेपछी स्वर्गमा उनको अधिपत्य रह्यो । इन्द्रलोकमा युद्ध गर्ने कोहि नभएपछि उनी युद्ध गर्न वरुणको राजधानी विभावरी गए । उनले वरुणको सामु भने ” वरुण देव, तपाइँले असुरलाई पराजित गरी राजसूय यज्ञ गर्नुभयो । आज तपाइँलाई मसँग युद्ध गर्नु पर्नेछ । मेरो युद्धको इच्छा शान्त पार्नुस ।” हिरण्याक्षको कुरा सुनेर वरुण देवले शान्त हुँदै भने “तपाईँ महान योद्धा र शूरवीर हुनुहुन्छ । तपाईंसँग लड्ने शौर्य मसँग कहाँ छ र ? तपाईँ त विष्णुको मा जानु पर्छ । उनीनै तपाईँसँग लड्न योग्य छन् ।” तब सबै देवता र ब्रह्म, विष्णुको सामु पुगेर हिरण्याक्षको बध गरी उनको अत्याचारबाट मुक्त गर्न प्राथना गर्न लागे । बरुणदेवको कुरा सुनेर हिरण्याक्ष देवर्षी नारदको मा गएर नारायण कहाँ छन् भनेर सोधे । नारदले यो समय नारायण वराहअवतार धारण गरेर पृथ्वीलाई रसातालबाट उद्धार गर्न गएका छन् भने । त्यसपछि हिरण्याक्ष रसाताल पुगे ।

हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गर्‍यो । तैपनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो। ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो। यसरी उत्पात मचाउँदै जनावरहरू यसै पृथ्वीमा छन् यो पृथ्वी नै जलमा डुबाइ दिँदा आफू सधैँ जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याई दिए। तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे। त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान विष्णु बँदेलरूप लिएर अवतरित हुनुभयो। उहाँले नै हिरण्य असुर मारेर भूमीलाई आफ्नो दाँतले उठाएर पूर्ववत गर्नुभयो । हिन्दू धर्मका अनुशार भगवान विष्णुले बराह “बँदेल”को रूप लिएर पृथ्वीलाई लातीले हानेर समुन्द्रमा डुबाउने “हिरण्याक्ष” नाम गरेको राक्षसको बध गर्नुभएको थियो।जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गर्नु भएको थियो । बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा हिन्दू ग्रन्थमा लेखिएको छ।

Barah

July 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको