यस्ताे छ कल्की जयन्तीको धार्मिक महत्व

पं-बालमुकुन्द देवकोटा

काठमाडौं । मिति २०८२ श्रावण १४ गते बुधबार श्रावणशुक्ल षष्ठी तिथी राति २ / १७ बजेसम्म त्यस उप्रान्त सप्तमी तिथी आरम्भ भएको हुनाले यो दिन कल्की जयन्ती हो। कल्की विष्णु भगवानको दशौं अवतार हो।यो भविष्यमा हुने अवतार मानिन्छ।

कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुशरण गर्न बन्द गरि दिन्छन् । तब सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ । त्यसपछि यो अवतार हुने विश्वास छ। त्यस समयमा अधर्मी पापीहरुको नाशसँगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता पुराणकथाहरू अनुसार कलियुगमा पापको सीमा नाघीसकेपछि विश्वमा दुष्टहरूको संहार गर्नका लागि कल्कि अवतार प्रकट हुन्छ। “सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्यमहात्मनः भवनेविष्णुयशसः कल्कि प्रादुर्भाविष्यति।।”

अर्थात- सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान कल्किको जन्म हुनेछ। उहाँले देवदत्त नामको घोडा चढेर सवारी भएर आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुनेछ। त्यसपछि सत्ययुगको प्रारम्भ हुनेछ । कल्कि अवतार कलियुगको अन्त्यको लागि हुन्छ।यो विष्णु भगवानको अवतारहरू मध्ये एक हो। जब कलियुगमा मानिसहरूले धर्मको अनुशरण गर्न बन्द गरिदिन्छ तब यो अवतार आरम्भ हुन्छ। कल्कि भगवानको कथा कल्कि तथा अग्नि पुराणमा उल्लेखित छ।

Kalki1

July 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको