इन्द्रेश्वरी मावि मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चाेक । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका अवसरमा जिल्लाका दुई जना पत्रकारहरू सम्मानित भएका छन् । एक दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार–२०८१ बाट सम्मानित हुनुभएको हो ।

अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले खत्री र नेपाललाई पाँच हजार एक सय नगदसहित सम्मान गरेको हो । विजय नेपाल खुल्लापाना डटकममा, दीपक खत्री रेडियो सिन्धु र न्यूज २४ टेलिभिजन कार्यरत हुनुहुन्छ ।

त्यस्तै साहित्य तथा कवितामार्फत समाजलाई चेतना प्रदान गर्दै आएका कवि राजेन्द्रप्रसाद भट्टराई ‘रापी बसिष्ठ’ (मेलम्ची–१३, फटकशिला) तथा शिक्षण पेशामार्फत योगदान पुर्याउँदै आएका कपिलकृष्ण श्रेष्ठ (शिक्षक, श्री इन्द्रेश्वरी मावि) लाई पनि सम्मान गरिएको थियाे ।

विद्यालयको ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानीमैया पण्डितको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।

626334150 1207260254887885 5530786708569121244 N

February 13, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको