५ हजार ६०० रुपैँयाँले बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २० हजार ५०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ। २४५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ९८५ कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

Gold

March 1, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको