काठमाडौँ । प्रत्यक्षमा १२४ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।
यो समाचार तयार पार्दासम्म ७७ लाख ४८ हजार ६४६ मतगणना भइसकेको छ ।
जसमा रास्वपाले ३७ लाख ४९ हजार १९९, नेपाली कांग्रेसले १२ लाख ६३ हजार ८९ र एमालेले १० लाख ६९ हजार ५३० मत पाएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले ५ लाख ४९ हजार ९६०, राप्रपाले २ लाख ६३ हजार ८८, श्रम संस्कृती पार्टीले २ लाख ५३ हजार २६३, जनता समाजवादी पार्टीले १ लाख १५ हजार ४१० र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६ हजार ५४७ मत पाएका छन् ।

March 9, 2026, Jyotishsanchar press

