काठमाडौँ । प्रत्यक्षमा १२५ सिट जितेर ठूलाे पार्टी बनेकाे राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ । यो समाचार तयार पार्दासम्म १ कराेड २ लाख ५८ हजार २३१ मतगणना भइसकेको छ ।
जसमा रास्वपाले ४९ लाख ३१ हजार ९३०, नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५ र एमालेले १३ लाख ८६ हजार ३२७ मत पाएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले ७ लाख ४९ हजार ३५१, श्रम संस्कृती पार्टीले ३ लाख ४६ हजार ७९६, राप्रपाले ३ लाख २२ हजार ४०, जनता समाजवादी पार्टीले १ लाख ६८ हजार ५३७ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६४ हजार ७३२ मत पाएका छन् ।
प्रत्यक्षमा १६४ स्थानकाे परिणाम आउँदा १२५ सिटसहित रास्वपा पहिलाे
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ। निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षमा १६५ मध्ये १६४ स्थानकाे नतिजा आइसकेकाे छ ।
जसमा रास्वपा १२५ स्थानमा विजयी भएकाे छ । कांग्रेसले १८ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमालेले ९ स्थानमा जीत हात पारेकाे छ ।
नेकपाले ७ स्थानमा जीत हात पारेकाे छ भने श्रम संस्कृतिले ३ स्थानमा जितेकाे छ । यसैगरि राप्रपाले १ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् ।

March 10, 2026, Jyotishsanchar press

