काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते हुने भएको छ ।
सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।
उक्त दिन दिउँसाे २:०० बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदलाई शपथका लागि आह्वान गरिएको छ ।
नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम आह्वान गरिएको सूचनामा शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रहित उपस्थित हुन अनुरोध गरिएको छ ।

March 20, 2026, Jyotishsanchar press

