
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर उकास्दै समृद्धि हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरे।
बुधबार निर्वाचन आयोग नेपालले आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनबाट प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको बताउँदै जनप्रतिनिधिहरूको काँधमा ठूलो जिम्मेवारी आएको धारणा समेत व्यक्त गर्नुभयो।
उनले निर्वाचनमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास झनै मजबुत भएको उल्लेख गर्दै अब विकास, सुशासन र सामाजिक न्यायका लागि सहकार्य आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा सुरक्षा निकायप्रति आभार पनि व्यक्त गरे।

