समाजसेवीका रूपमा काम गर्न संसदमा आएको हु :संसद पुन
Fe
Fe

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू राजनीति गर्नका लागि नभई समाजसेवीका रूपमा काम गर्न संसदमा आएको उल्लेख गरे। उनले आफूलाई “सांसद हुनै नपर्ने मान्छे” भनेर पनि टिप्पणी गरे।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले संसदमा आफ्नो भूमिका सत्ता र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन्।

पुनले आफ्नो काम गर्ने शैली अरू सांसदभन्दा फरक हुने बताउँदै निष्पक्षतामाथि जोड दिए। उनले लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको र भविष्यमा पनि समाजसेवीकै रूपमा रहने बताए।

उनका अनुसार, जेन–जी आन्दोलनपछि आफू मन्त्री बनेको र शिक्षा क्षेत्र सुधारका लागि प्रयास गरेको भए पनि केही कारणले लक्ष्यअनुसार काम अघि बढाउन नसकिएको उल्लेख गरे। उनले विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक वातावरण सुधार गर्न ३ वटा विधेयकको मस्यौदा र ४ वटा नियमावली तयार गरेको जानकारी पनि दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको