सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार उम्मेदवारहरूको मनोनयन तोकिएकोमा अर्याल मात्र एकल उम्मेदवार हुनुभएको कारण उहाँ निर्विरोध हुनुभएको हो। मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएको थियो।
नवनिर्वाचित प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।
आगामी आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारी प्रस्ताव पेश गरिने र सोही बैठकबाट अर्यालको निर्विरोध निर्वाचित घोषणा गरिने बताइएको छ।
उपसभापति अर्यालका प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपसभामुखमा दावी गर्ने भएका छन्।


