
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा तथा सचिवालय व्यवस्थापनपत्रकार तथा लेखक दिपा दाहाल नियुक्त भएकी छन्।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहालले प्रधानमन्त्रीको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धान कार्यमा भूमिका निर्वाह गर्नेछिन्।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा लामो अनुभव भएकी दाहालले रेडियो, टेलिभिजन, छापा र अनलाइन माध्यममा २० वर्षभन्दा बढी काम गरेकी छन्। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत थिइन्।
दाहालले पद्मकन्या बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन गर्दै आएकी छन् र ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक पुस्तक पनि लेखेकी छन्।

