युवामा विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्ने नेता थिए मनमोहन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वअध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी युवालाई विश्वास गरेर नेतृत्व विकास गर्ने दूरदर्शी नेता भएको बताएका छन्। मनमोहन अधिकारीको २७औँ स्मृति दिवसमा बोल्दै ज्ञवालीले २०४७ सालमा तत्कालीन नेकपा (माले) र माक्र्सवादीको एकतापछि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाउनु युवाप्रतिको विश्वासको उदाहरण भएको बताए।

उनले ६९ वर्षको उमेरमा पनि मनमोहनले युवालाई नेतृत्वमा स्थापित गर्दै अनुभव र ऊर्जाको संयोजनमार्फत एमालेलाई उचाइमा पुर्‍याएको उल्लेख गरे। पुस्ताबीच अतिवादी सोच होइन, परिपक्व मार्गदर्शन र युवा ऊर्जाको सहकार्यबाट मात्रै देश बन्न सक्ने उनको भनाइ थियो।

ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलनसहित समग्र लोकतान्त्रिक शक्तिलाई धक्का लागेको बताए। फागुन २१ को निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश निर्वाचित सर्वसत्तावादतर्फ उन्मुख हुने खतरा बढाएको उनको टिप्पणी थियो। ट्रेड युनियन, विद्यार्थी संगठन र स्वतन्त्र मिडियामाथि हस्तक्षेपका संकेतले शंका गर्ने ठाउँ दिएको उनले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको