संक्रामक रोग नियन्त्रणका लागि गण्डकीमा ५ करोडको आपत्कालीन कोष, १९७ बिरामीलाई आर्थिक सहायता

काठमाडौँ । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण तथा उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरुवारोग वा महामारी फैलिएको अवस्थामा तत्काल खर्च गर्न मिल्ने गरी उक्त कोष निर्माण गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार कोषको रकम ५३ प्रकारका शीघ्र संक्रामक रोगको नियन्त्रण र उपचारमा उपयोग गरिनेछ।

यस्तै, क्यान्सर, मुटुलगायत गम्भीर रोगबाट पीडित १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ। ती बिरामीका लागि कुल १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरिनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको