भीमदत्तको ‘छोरीबुहारी’ छात्रवृत्ति योजना, उच्च शिक्षाका लागि लाखौँ सहयोग

काठमाडौँ । उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यसहित भीमदत्त नगरपालिकाले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम लागू गरेको छ।

नगर क्षेत्रका जेहेन्दार, दलित तथा विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षामा सघाउने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो। प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न विषय अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययनका लागि दुई जनालाई जनही २ लाख रुपैयाँ, इन्जिनियरिङ अध्ययनका लागि तीन जनालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी लगायत अन्य संकायमा अध्ययनरत ६ जना छात्रालाई जनही ५० हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको