पार्टी नीति विपरीत गएको भन्दै जनमतले गर्‍यो पार्टी उपाध्यक्षलाई निलम्बन
Shah 0pdildamzc

April 4, 2025, Jyotishsanchar press

सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ।  पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका छन्।

पार्टी नीति विपरीत गएको भन्दै साहलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको तर स्पष्टीकरणको जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीकै नीतिविरुद्ध लेखेको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ।

‘स्पष्टीकरण सोधिएपछि त्यसको जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अरु कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन। तर, अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर धम्काउनुभयो,’कारबाहीको पत्रमा लेखिएको छ,’स्पष्टीकरण सोधेपछि प्रत्यारोप लगाउने होइन, जवाफ दिने हो। पारिवारिक विषय उठाएर कार्यकर्ता र विभिन्न ठाउँका अध्यक्षज्यूहरुलाई हटाउन लबि गर्नु अक्षम्य अपराध हो।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको