बनारसमा एक युवतीलाई बलात्कार गरेको आरोपमा २३ जनाविरुद्ध जाहेरी
Rape Kr8pyy0gpx

April 8, 2025, Jyotishsanchar press

भारतको उत्तर प्रदेशस्थित बनारसमा एक युवतीलाई बलात्कार गरेको आरोपमा २३ जनाविरुद्ध जाहेरी दिइएको छ।

बीबीसी हिन्दीका अनुसार तीमध्ये अहिलेसम्म ६ जना मात्र पक्राउ परेका छन्।

दर्ता एफआईआर (जाहेरी) का अनुसार युवती मार्च २९ देखि अप्रिल ४ सम्म विभिन्न ठाउँमा बलात्कारमा परेकी थिइन्।

एफआईआरमा १२ जना अभियुक्तको नाम छ भने ११ जना अपरिचित छन्।

वरुणा जोनका डीसीपी चन्द्रकान्त मिणाले भने, ‘युवती मार्च २९ तारिख साथीकहाँ जान्छु भनेर हिँडेकी थिइन्। अप्रिल ४ तारिख परिवारले छोरी हराएको उजुरी दिएका थिए।’

उनका अनुसार ‘तर प्रहरीले सोही दिन युवती फेला पारे तर त्यस दिन उनको परिवारले सामूहिक बलात्कारको जाहेरी दिएनन्। उनीहरूले अप्रिल ६ तारिखका दिन मात्र सामूहिक बलात्कारको जाहेरी दिए।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको