
April 9, 2025, Jyotishsanchar press
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अप्रत्याशित रूपमा अमेरिका भ्रमणमा पुगे । उनको यस भ्रमणको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नु र अन्य कयौँ महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरेका थिए ।
छलफलका विषयमा इरानको आणविक कार्यक्रम, अमेरिकाले लगाएको अतिरिक्त भन्सार महसुल, सिरियामा टर्कीको बढ्दो हस्तक्षेप र गाजामा १८ महिनादेखि जारी युद्ध समावेश आदि थिए । तर सोमबार ह्वाइट हाउसमा भएको यो बैठकपछि नेतन्याहू लगभग खाली हात फर्किए । दुई महिनाअघि उनले अमेरिकी राष्ट्रपतिलाई भेट्दा त्यो भ्रमणलाई ठुलो विजयको रूपमा प्रस्तुत गरिएको थियो, तर यसपटक त्यस्तो केही भएन ।
तर, ममंगलबार प्रधानमन्त्री नेतान्याहुले यो भ्रमणलाई धेरै राम्रो बैठक भन्दै सबै मुद्दाहरूमा सफलता हासिल भएको बताएका छन् । आन्तरिक स्रोतहरूले चाँहि इजरायली प्रतिनिधिमण्डलले यो बैठक कठिन र अपेक्षा विपरीत भएको पाएको छ ।
‘नेतान्याहूले जे सुन्न चाहन्थे त्यो सुन्न पाएनन् । त्यसैले उनी धेरै कम सन्तुष्टि लिएर फर्किए ।’ यस मामिलासँग सम्बन्धित विश्लेषकहरू भन्छन् । यद्यपि, उनले भेटघाट मैत्रीपूर्ण वातावरणमा भएको पनि ठानिएको छ ।
इरान मुद्दामा ट्रम्प र नेतान्याहूबीच मतभेद
२०१८ मा नेतान्याहूको समर्थनमा ट्रम्पले अमेरिकालाई इरानसँगको आणविक सम्झौताबाट बाहिर निकाले । अब नेतान्याहू इरानमाथि सैन्य दबाब कायम राख्न चाहन्छन् । इजरायलले गत वर्ष पनि इरानमाथि आक्रमण गरेको थियो तर उसको आणविक स्थलहरूलाई लक्षित गरेन ।
यसका लागि अमेरिकाको सैन्य सहयोग आवश्यक पर्नेछ । इरान वार्ता गर्न राजी भएन भने अमेरिकाले सैन्य कारबाही गर्न सक्ने संकेत ट्रम्पले सोमबार गरेका छन् । तर उनले यही हप्ता अमेरिका र इरानबिच वार्ता हुने पनि बताएका छन् । यो नेतान्याहूको कडा नीतिको विल्कुल विपरीत छ ।
ट्यारिफलाई लिएर मतभेद
ट्रम्पले विश्वभर नया ट्यारिफ लगाउनु एक दिन अघि इजरायलले अमेरिकाबाट आउने सबै सामानहरूमाथिको ट्यारिफ हटाउने घोषणा गरेको थियो । तर यति हुँदा हुँदै पनि अमेरिकाले इजरायली सामानहरूमा १७ प्रतिशत ट्यारिफ लगाइदियो । नेतान्याहू ट्रम्पलाई मनाउन वाशिंगटन आए ।
तर ट्रम्प आफ्नो निर्णयबाट पछि हटेनन् । ‘हामी इजरायललाई हरेक वर्ष ४ अर्ब डलर दिन्छौँ, त्यो धेरै हो ।’ ट्रम्पले भने । इजरायलले पहिले नै धेरै सहयोग पाइरहेकै पनि उनले बताए ।

