बंगलादेशद्वारा गाजामा इजरायली हत्याको निन्दा
Bangladesh 2qhib8qnoh Qeivxqd8xfxvlaksnh5ijvomekrolrlkmyb6vtyo4fuk8uj7bewtmmvdzuxr 4z5qy7i5rv Mspemxtlbbu0e73lrrunji9pbdqahr6ylw7k24xyxeyoimtrutl1dv8uzdqr

April 9, 2025, Jyotishsanchar press

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले देशका केही भागहरूमा प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनहरूको बीचमा गाजा पट्टीमा इजरायलको निरन्तर आमहत्या र मानवअधिकार उल्लङ्घनको कडा निन्दा गरेको छ । 

गत महिना इजरायलले हमाससँगको युद्धविराम समाप्त गरेदेखि यसको आक्रमणले धेरै प्यालेस्टिनीहरू,जसमा प्रायः महिला र बालबालिकाहरू मारिएका छन् । साथै गाजामा मानवीय सहायताको प्रवेशमा अवरोध पुर्‍याएको छ । 

परराष्ट्र मन्त्रालयले प्यालेस्टिनी जनताको सबै न्यायपूर्ण अधिकार, आत्मनिर्णयको अधिकार र १९६७ पूर्वको सीमानामा आधारित स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापनाको लागि बंगलादेश सरकारको बलियो समर्थनलाई पुनः पुष्टि गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको