तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्
Social Media Final One Umiswvsylw

April 21, 2025, Jyotishsanchar press

तोकिएको समयसीमामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका सामाजिक सञ्जाल दर्ता नभएपछि सरकारले समय थप्ने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा हिजो सकिएको हो । सरकारले गएको चैत ७ गते तेस्रो पटक सूचना निकालेर ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), युट्युब, गुगल जस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिका लागू गरेसँगै सरकारले सबै सामाजिक सञ्जाललाई सूचीकृत गर्न निर्देशन दिएको थियो । अहिलेसम्म टिकटक, भाइबर र वीटकसहित तीनवटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् ।

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको सञ्चालक कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै पटक–पटक पत्र पठाउँदै आएको छ ।

सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको