नेपालको लोककथा,परम्परा,थ्रिलर र सस्पेन्स कथावस्तुसँग जोडिएको फिल्म खेल भाेलिबाट प्रदर्शनमा,
Khelmovie

April 24, 2025, Jyotishsanchar press

सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘खेल’ भोलिबाट देशभर प्रदर्शन हुने भएको छ । फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । फिल्मलाई केही बलिउड फिल्ममा सहनिर्देशन गरेका अनुराग प्रधान र नेपालमा पनि सहनिर्देशकको रूपमा परिचित आस्था श्रेष्ठले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा कलेज लाइफका किशोरीलाई चित्रण गरिएको छ । नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स कथावस्तुसँग जोडिएको फिल्ममा ४ जना साथीको कथा प्रस्तुत गरिएको छ जसलाई विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् । निर्माता आशिषराज महर्जन भने सह निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन् । कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् । छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् । सम्पादन आशिषराज महर्जनले गरेका छन् र ध्वनि डिजाइन विकल प्रधानको छ । रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको