भारतले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट खेल्दैन : बीसीसीआई उपाध्यक्ष
Rohit And Babar Aspf7cwtlz

April 24, 2025, Jyotishsanchar press

भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट नखेल्ने बताउनुभएको छ ।

बीसीसीआईका उपाध्यक्ष शुक्लाले आफूहरू पीडितको साथमा रहेको र सरकारको अडानका कारण पाकिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्नेमा जोड दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतियोगितामा भने पाकिस्तानसँग खेल्ने उहाँले बताउनुभयो । पहलगाममा भएको आक्रमणबारे आईसीसीलाई पनि थाहा भएको र उसले निर्णय गर्ने उहाँको भनाइ छ ।

भारत र पाकिस्तानले पछिल्लो पटक सन् २०१२–२०१३ मा द्विपक्षीय शृङ्खला खेलेको थिए । त्यति बेला पाकिस्तान सीमित ओभरको क्रिकेट शृङ्खला खेल्न भारत गएको थियो ।

भारत पछिल्लो पटक सन् २००८ एशिया कप खेल्न पाकिस्तान गएको थियो । तर भारतले सन् २००५–२००६ पछि द्विपक्षीय क्रिकेटका लागि पाकिस्तानको भ्रमण गरेको छैन ।

मङ्गलवार पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको