एनएसएलको फाइनल हेर्न रंगशालामा खचाखच दर्शक (तस्वीरहरू)
Ncl

नेपाल सुपर लिग (एनएसल) को फाइनल खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्सबीच फाइनल खेल भइरहेको हो ।

फाइनल हेर्नका लागि रंगशालामा उल्लेख्य संख्यामा दर्शकहरू पुगेका छन् । रंगशालामा भएको सबै प्यारापिट दर्शकले भरिएको छ ।

समर्थकहरूले विभिन्न सांस्कृतिक बाजागाजासहित खेलाडीको उत्साह बढाइरहेका छन् ।

ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो भने पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई नै १–० ले हराएर पहिलो पटक फाइनलमा स्थान बनायो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको