असार १५ भित्र शिक्षा विधेयक संसद्‌बाट पारित हुने सुनिश्चित: शिक्षक महासंघ
Nanumaya Parajuli Laxmi Kishor Subedi Dyrsc7okiy

May 10, 2025, Jyotishsanchar press

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक असार १५ भित्र प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको बताएको छ।

यसैकारण ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलन सम्पन्न भएको महासंघले जनाएको छ। 

‘वि. सं‍. २०८१ माघ २० गतेबाट आरम्भ गरी नेपाल शिक्षक महासंघले ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलन सम्पन्न गरेको छ। यसै क्रममा २९ दिनसम्म भव्य सहभागितामा चलेको काठमाडौँ-केन्द्रित शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन हामी सबैको गौरवको विषय भएको छ’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही आन्दोलनको बलमा हामीले विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्री परिषद्‌बाट निर्णयमार्फत कार्यान्वयन गराएका छौँ। त्यसैगरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको छ। यसैले यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको हाम्रो ठहर छ।’

आन्दोलनका क्रममा विद्यालयमा भर्ना अभियान र पठनपाठन अवरुद्ध भएकाले यसको क्षतिपूर्ति हिउँदे वा वर्षे बिदामा हुने गरी काम गर्न शिक्षक महासंघले सबै प्रधानाध्यापक तथा शिक्षक-कर्मचारीलाई अनुरोध पनि गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको