काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ‘रुस-युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने बताएका छन् ।
ट्रम्पसँगको कुराकानीपछि रुसी नेताले समेत युक्रेन सम्झौतामाथि चर्चा गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफ्नो सम्बन्धबारे लामो कुरा गरेको र यसबीच रुस–युक्रेन युद्धविरामबारे विशेष कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीले ट्रम्पसँग युक्रेनबारे ‘हामीबिना कुनै निर्णय नलिनू, कारण कीव अन्तर्राष्ट्रिय नेताहरुसँग उच्चस्तरीय बैठकबारे विचार गरिरहेको छ’ भनेका छन् ।
लडाईंबारे कुनै पनि प्रकारको वार्ता हुनु पहिलेसमेत छुट्टै कुराकानी हुने जेलेन्स्कीले उल्लेख गरेको आफ्नो युक्रेन संवाददाता जेम्स वाटरहाउसको हवाला दिँदै बीबीसीले जनाएको छ । एजेन्सी

May 20, 2025, Jyotishsanchar press

