दिल्लीमा मेघगर्जनसहित भारी वर्षा हुँदा एक सय बढी उडान प्रभावित

काठमाडौँ । दिल्ली र नजिकैका राज्यहरूमा शनिबार रातिदेखिको भारी वर्षा र चट्याङसँगै आएको शक्तिशाली आँधीबेहरीले ठूलो क्षति पुर्याएको छ।

जसका कारण उत्तर भारतीय राज्यहरूमा ठूलो बाढी र डुबान भएको छ । केही रूखहरू उखेलिएका छन् । एक सयभन्दा बढी उडानहरू प्रभावित भएका छन् । भारतीय राजधानी शहरका धेरै क्षेत्रहरूमा अन्डरपासहरूमा जम्मा भएको पानीमा बस, कार र अन्य सवारी साधनहरू डुबेका देखिएका छन् ।

खराब मौसमका कारण लामो समयसम्म बिजुली आपूर्ति प्रभावित भयो । धेरै तल्लो क्षेत्रहरूमा, विशेषगरी मध्य र दक्षिण दिल्लीमा, घुँडादेखि कम्मरसम्म पानी जमेको देखिएको छ । जसले गर्दा यातायात अवरुद्ध भएको छ ।

दिल्ली विमानस्थलले विमानस्थलतर्फ प्रस्थान गर्नुअघि यात्रुहरूलाई आ–आफ्नो उडानको स्थिति जाँच गर्न सल्लाह जारी गरेकाे छ । स्थानीय सञ्चार माध्यमका अनुसार, उत्तरी राज्य उत्तर प्रदेशको गाजियाबाद शहरमा आँधीबेहरी र भारी वर्षाको क्रममा कार्यालयको छत भत्किँदा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । सिन्ह्वा

1748232825 Esatg

May 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको