काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुख रहेको बताउनुभएको छ ।
सोमबार साँझ मन्त्रीपरिषद्को बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणवद्ध वार्ताहरु सहमतिबाट टुंगिन लागेको बताउनुभएको हो । शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो ।
मन्त्रालयको टोली र महासंघले बनाएको सहमतिको आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो । अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ ।

June 2, 2025, Jyotishsanchar press

