काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो उपाधि जितेको छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले हराएको हो । १९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्जाब १८४ रनमै समेटियो । उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।
बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए । पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे । क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए। भुवनेश्वर कुमारले पनि २ विकेट लिए । पञ्जाबबाट अर्शदीप सिंह र काइल ज्यामिसनले समान ३–३ विकेट लिए ।
आरसीबीको टोली आईपीएल इतिहासमा आठौं च्याम्पियन बन्ने आठौं टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनेका थिए।एजेन्सी

June 3, 2025, Jyotishsanchar press

