विश्वकप लिग-२ः आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुने

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको थियाे ।

लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

Cricket Nepal

June 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको