विश्वकप क्रिकेट लिग २ मा नेपालद्वारा नेदरल्याण्ड्स १६ रनले पराजित

काठमाडाैं । मंगलबार राति स्कटल्याण्डको डण्डीमा खेलिएको विश्वकप क्रिकेट लिग २ को पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ।

खेलमा नेपालका लागि डेब्यू गरेका नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नेदरल्याण्ड्सलाई सहजै पराजित गरेको हो । दायाँ हाते तीब्र गतिका बलर नन्दनले स्टार स्पिनर सन्दीप लामिछानेसँगै समान तीन विकेट लिएपछि नेपालको जीत सहज भएको थियो ।

२ सय ३७ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेदरल्याण्ड्सको टीम फोर्टहिलको मैदानमा ४९.२ ओभरमा २ सय २० रनमै अलआउट भएको हो । यो जीतसँगै नेपालले स्कटल्याण्डको आफ्नो भ्रमणको सुखद अन्त्यसमेत गरेको छ।

नेपाल लिग २ अन्तर्गत आफ्ना १६ खेलबाट १२ अंक जोड्दै टेबलको सातौं स्थानमा छ भने नेदरल्यान्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।

Cricket Nepal

June 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको