काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समाराेह जेठ ३० गते हुँदै

धुलिखेल । काभ्रेकाे धुलिखेलमा रहेकाे काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षा समारोह (दोश्री चरण) जेठ ३० गते शुकबार हुने भएको छ । जसमा १ हजार १२९ विद्यार्थी दीक्षित हुँदैछन् । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै यसकाे जानकारी दिएकाे हाे ।

दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा विहान ११ बजे सुरु हुने कार्यक्रम रहेकाे विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिनुभयाे ।

अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघु‌जी पन्तको उपस्थितीमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनुहुनेछ भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नुहुने बताइएकाे छ ।

समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आट्सका १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित हुँदैछन् । यस्तै स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् ।

समारोहमा विश्वविद्यालयका आर्टस, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहनेछ। दीक्षित हुने विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलंका र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत छन् ।

506115839 24758087967125097 7800000805184134868 N

June 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको