एयर इन्डिया विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु

काठमाडौं । भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको एयर इन्डियाले जनाएको छ ।

एक जना भने बाँच्न सफल भएको र उनको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा बाच्न सफल यात्रु भारतीय मूलका ब्रिटिश नागरिक भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्य १२ जनासहित २४२ जना यात्रा गरिरहेका थिए । एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ ब्रिटिश, सात पोर्चुगिज र एक क्यानेडेली नागरिक थिए । एजेन्सी

1749725211 Qb3tf

June 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको