काभ्रे । काठमाडौं विश्वविद्यालयका १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित गर्नुभएकाे हाे । दीक्षित हुने विद्यार्थीमध्ये महिला विद्यार्थी ५५४ जना र पुरुष ५७५ जना रहेका छन् ।
समारोहमा उत्कृष्ट नजिता हासिल गर्ने ७ जना विद्यार्थीहरूलाई ओलीले प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरेका थिए । हालसम्म ४७ हजार ८३१ जना विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।
शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशका सबैभन्दा ठूलो पुँजी हुन्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताउनुभएको छ ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिका, युवायुवतीलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउनु भयो ।
गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिती देखापरेको भन्दै यस वर्ष नै सुधार आउने उहाँले बताउनु भयो । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गर्नुभयो । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने स्थिती पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताउनु भयो ।

June 13, 2025, Jyotishsanchar press

