यु–१६ राष्ट्रिय क्रिकेटः उपाधिका लागि आज वागमती र मधेशबीच खेल हुने

सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधिका लागि बाग्मति र मधेश प्रदेशबीच फाइनल प्रतिष्पर्धा हुने भएको छ ।

कालुङचोक मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने खेलमा प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा एकल कब्जा जमाउँदै आएको बाग्मतिले दोश्रो स्थानका मधेशलाई प्रतिद्धन्द्धीका रुपमा पाएको हो ।

उपाधिको बलियो दाबेदार मानिएको बाग्मतिले प्रतियोगिता अवधिभर खेलका कुल ६ मध्ये ५ खेलमा र एक मात्र हार व्यहोरेर १० अंकसहित अंक तालिकामा एकल प्रभाव कायम राख्न सफल भएको हो । मधेश पनि ४ जीत २ हारसहित ८ अंकसहित अंक तालिकाको दोश्रो स्थानमा रहँदै बाग्मतिसामु उपाधिको चुनौती बनेको हो ।

U 16 Crecket 1

June 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको