काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ । भारत सरकारले एयर इण्डिया दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ । पश्चिमी भारतीय शहर अहमदाबादबाट लण्डनका लागि उडान भरेको एयर इण्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीवार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा २ सय ४१ जनाको मृत्यु भयो भने एक जना मात्र बाँच्न सफल भएका छन् ।सिन्ह्वा

June 15, 2025, Jyotishsanchar press

