काठमाडाैं । स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ।
सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपालले अन्तिम ओभरमा १५ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको हो।
तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन । नेदरल्यान्ड्सले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा पुगेर जित दर्ता गरेको हो।
तेस्रो सुपर ओभरको पहिलो बलमा नै कप्तान रोहित पौडेल क्याच आउट हुन पुगे। क्रिजमा रुपेश सिंह आए। उनले दोस्रो र तेस्रो बल डट राखे। चौथो बलमा सिंह पनि पेभेलियन फर्किए ।
पहिलो सुपर ओभरमा १९ रन भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाएर १७ रन बनाएको थियो। दोस्रो सुपर ओभरमा नेपालका ललित राजवंशी बलिङमा आएका थिए।
नेपालको तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा आएका थिए। पहिलो बलमा रोहितले छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गरे। चौथो र पाचौँ बलमा दिपेन्द्रले रन बटुल्न सकेनन्। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभरमा नेपालले दिएको २० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। डच टोलीका लागि माइकल लेभिट र म्याक्स ओ डाउड ब्याटिङमा आएका थिए।
पहिलो सुपर ओभरमा नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा आएका थिए। कुशलले ४ बलमा १८ रन बनाउँदा कप्तान रोहितले १ रन जोडे। नेदरल्यान्ड्ससँगको खेलसँगै नेपालले टी–२० आई मा एक सय खेलको कोशेढुङ्गा पार गरेको छ।

June 17, 2025, Jyotishsanchar press

