स्कटल्याण्डले जित्यो टी–२० आई सिरिजको उपाधि

काठमाडौं । नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो।

स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेशकुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले एक चौका र तीन छक्कासमेत प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ३३ बलको सामना गरेको ऐरीले एक चौका र एक छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित पौडेल २७ रन बनाएर पेभेलियन फर्किएका थिए । ओपनर कुशल भुर्तेलले ४, आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए । स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लीस्कले एक एक विकेट लिए ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो ।

सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अंक भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

Cricket

June 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको